६ आश्विन २०८१, आइतबार

दाङमा ‘तपाईंको मास्क खोइ?’ अभियान सुरु

प्रकाशित मिति :  22 April, 2021 5:02 pm


काठमाडौं । दाङमा ‘तपाईंको मास्क खोइ?’ अभियान सुरु भएको छ ।

सदरमुकामा घोराहीमा मास्क नलगाएकालाई मास्क वितरण गदै अभियान सुरु गरिएको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी,संघका महासचिव महेन्द्र बुढाथोकी सदस्य जगत घर्ती, वडा प्रहरी कार्यालय घोराहीका प्रमुखसहितको टोलीले अभियान अन्तर्गत मास्क बाँडेको छ ।

दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि जनचेतना अभियान अन्तर्गत मास्क वितरण सुरु गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !