६ आश्विन २०८१, आइतबार

ओलीको अडानले एमाले तनाव मत्थर देखिएन

प्रकाशित मिति :  22 April, 2021 5:28 pm


काठमाडौ ।प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिएको अडानका कारण वार्ताबाट एमालेको तनाव मत्थर देखिएन् ।
बिहीबार होटल म्यारियटमा ओलीसँगको वार्ता गरी निस्केपछि एमाले बरिष्ठ नेता माधवकुमार नेपालले दिएको प्रतिक्रियाले तनाव मत्थर नहुने देखिएको हो ।

नेता नेपालले हिजोको छलफलमा बाँकी रहेको आश आज सकिएको प्रतिक्रिया सार्वजनिक गरेका हुन् । छलफल गर्ने भनेर दुई नेताबीचको छलफल सकिएको हो तर कसरी सुल्झिने हो त्यो अझ स्पस्ट छैन । नेता नेपालले अहिले मिल्ने सम्भावना नदेखिएको अर्को छलफल कहिले हुने थाहा नहुने बताएका छन् ।

नेपालले छलफल बाँकी रहेकाले पर्यवेक्षकहरूले केही आश भने जिउँदै रहेको अडकल गरेका छन् । लामो समयदेखि एकअर्का विरूद्ध कडा तथा कटु आलोचना सार्वजनिक गर्दै आएका दुवै नेताले हिजो म्यारियट होटलमा गरेको वार्ताबाट एमाले वृतिमा सकारात्मक सञ्चार प्रवाह भएको थियो ।

परिणाम ननिस्के पनि दुई नेताबीचको वार्ता नेपाली राजनीतिका लागि गम्भीर रहेको अनुमान गरिएको छ । दुवै नेता वान टु वान वार्ता गरेकाले दुवै नेताले आफ्नालाई बताउने कुरा निसन्देह केही फरक भएको पर्यवेक्षकहरूको भनाइ रहेको छ ।

ओलीले बल्खुमा शिलान्यास कार्यक्रममा दिएको अभिव्यक्तिले उनको अडानमा केही लचकता देखिएको थिएन् ।



प्रतिक्रिया दिनुहोस !