६ आश्विन २०८१, आइतबार

जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह

प्रकाशित मिति :  23 April, 2021 7:09 am


काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ।

सूचना जारी गर्दै आयोगले वैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेको हो ।

आयोगले दल दर्ताका लागि दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताका लागि आवश्यक पर्ने जनाएको छ ।

बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुदैछ । नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादलको पद खारेज भएपछि उप निर्वाचन हुन लागेको हो ।

बादलले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त छ ।



प्रतिक्रिया दिनुहोस !