६ आश्विन २०८१, आइतबार

ओलीसँगको छलफलपछि वामदेवले भने,‘डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए’

प्रकाशित मिति :  23 April, 2021 7:36 am


काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका अवैधानिक बैठकका फिर्ता नलिएसम्म सहकार्य गर्न नसकिने बताएका छन् ।

अध्यक्ष ओलीसँग छलफलका लागि हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नेकपा विभाजनतर्फ गइरहेका बेला प्रधानमन्त्री ओलीले नेता गौतमसँग छलफल गरेका थिए ।

छलफलमा अवैधानिक बैठकका निर्णय फिर्ता लिन आफूले आग्रह गरेपनि ओलीले नमानेको जानकारी गराएका छन् ।

उनले प्रधानमन्त्री ओलीसँगको छलफलबारे जानकारी गराउँदै भनेका छन्,“उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें । उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए । डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए ।”

प्रधानमन्त्री ओलीले हिजो र अस्ति अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए भने हिजो बेलुकी बामदेव गौतमसँग छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !