६ आश्विन २०८१, आइतबार

नेकपा एमालेको स्थायी कमिटी गठन,नेपाल-खनाल पक्ष समेटिएन

प्रकाशित मिति :  23 April, 2021 1:47 pm


काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटी बैठकले माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै स्थायी कमिटी गठन गरेको हो ।

स्थायी कमिटीमा पूर्वमाओवादीका ४ नेता र वामदेव गौतमलाई समेटिएको छ ।

स्थायी कमिटीमा गौतमसहित ईश्वर पोख्रेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सवासचन्द्र नेम्वाङ, शंकर पोख्रेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल र मणि थापा रहेको स्थायी कमिटी गठन गरेको हो ।

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका ४ जना स्थायी कमिटीमा समेटिएका छन् । बादल,रायमाझी,भट्ट र थापा पूर्वमाओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !