६ आश्विन २०८१, आइतबार

माओवादी केन्द्रद्वारा राष्ट्रिय सभाका सदस्य खड्कालाई पनि कारबाही

प्रकाशित मिति :  23 April, 2021 3:40 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको छ ।

अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले संसद सचिवालयमा दर्ता गरेको छ । यसअघि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई कारबाही गरेको थियो ।

राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा पठाएका हुन् । खड्काले माओवादी केन्द्र छोडेर एमालेमा गएपछि कारबाहीमा परेका हुन् ।



प्रतिक्रिया दिनुहोस !