६ आश्विन २०८१, आइतबार

नेकपा एमाले रोल्पाको इन्चार्जमा नवीन रोकामगर

प्रकाशित मिति :  23 April, 2021 4:29 pm


काठमाडौं । नेकपा एमाले रोल्पाको इन्चार्जको जिम्मेवारी नवीन रोकामगरले पाएका छन् ।

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रोकामगरलाई आज बसेको महाधिवेशन आयोजक समिति बैठकले रोकामगरलाई रोल्पा इन्चार्जको जिम्मेवारी दिएको हो ।

उनले आदिवासी जनजाति महासंघ तथा सम्बद्ध संगठनहरूको सह-इन्चार्जको पनि जिम्मेवारी पाएका छन् । थबाङ-४ उवा स्थायी ठेगाना भएका रोकामगर विद्यार्थीकाल देखि नै राजनीतिमा सकृय छन् ।



प्रतिक्रिया दिनुहोस !