६ आश्विन २०८१, आइतबार

नेकपा एमाले दाङको इन्चार्जमा नरुलाल चौधरी

प्रकाशित मिति :  23 April, 2021 5:00 pm


काठमाडौं । नेकपा एमाले दाङको इन्चार्जको जिम्मेवारी नरुलाल चौधरीले पाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटी बैठकले चौधरीलाई दाङको इन्चार्जको जिम्मेवारी दिएको हो ।

चौधरी घोराही उपमहानगरपालिकाको मेयर समेत हुन् ।

आज बसेको एमाले महाधिवेशन कमिटी बैठकले स्थायी कमिटी गठन गर्दै जिम्मेवारी समेत बाँडफाँड गरेको थियो । जस अन्तर्गत चौधरीलाई दाङ इन्चार्जको जिम्मेवारी दिएको हो ।



प्रतिक्रिया दिनुहोस !