६ आश्विन २०८१, आइतबार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४० जना संक्रमित थपिए

प्रकाशित मिति :  23 April, 2021 5:14 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ जना कोरोना संक्रमित थपिएका छन् ।

आज नेपालभरमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ भने अहिले सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको प्रवत्ता डा. गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !