६ आश्विन २०८१, आइतबार

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेतृत्वलाई फेरि चुनाव जिताएर ल्याइन्छ : ओली

प्रकाशित मिति :  23 April, 2021 5:39 pm


काठमाडौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका सबैलाई चुनाव जिताएर ल्याउने बताएका छन् ।

आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले माओवादी केन्द्र त्यागेर आएका सांसदहरूको संरक्षण गरिने बताए ।

नेकपा माओवादी केन्द्रले निष्कासन गरेपछि एमालेमा गएका सांसदहरूको पद गुमेको थियो ।

एमाले पार्टी तिर लागेका कारणले कारबाहीको नाममा रिक्त बनाइएका पदहरू ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमा पुनः जिताएर ल्याइने ओलीले बताको एक नेताले जानकारी दिए ।

“पूर्व माओवादी साथीहरू प्रचण्डको डर, धम्की, मुद्दा सामना गरेर आफ्नो सांसद पद त्यागेर एमालेमा लाग्नुभएकोले उहाँहरूलाई फेरि चुनावमा जिताएर ल्याइने छ,” ओलीको भनाई थियो ।

केपी ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय नहुने भन्दै ओलीले एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्व नेता रामकुमार थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह लगायतकालाई आश्वास्त परार्ने प्रयास गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !