६ आश्विन २०८१, आइतबार

राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो,अविश्वासको प्रस्तावमा साथ

प्रकाशित मिति :  24 April, 2021 11:55 am


काठमाडौं । राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठक गण्डकीका साथै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रमा केपी ओली नेतृत्वको सरकारले लगातार अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र प्रतिगामी प्रकारका कदमहरु चाल्दै आएको आरोप पनि जनमोर्चाले लगाएको छ ।

जनमोर्चाले भनेको छ,“त्यो स्थितिमा २०६२/६३ सालको जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्नुपर्ने राष्ट्रिय आवश्यकता बनेको छ । केन्द्रमा उनले आफूमाथि अविश्वासको प्रस्ताव आउने सूचना पाउनासाथ प्रतिनिधि सभाको विघटन गराएका थिए । ठीक त्यस्तै प्रकारले गण्डकी प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि त्यहाँको सरकारले पनि संसदको अधिवेशन तत्काल अन्त्य गरेको थियो ।”

लुम्बिनी प्रदेशको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त अविश्वासको प्रस्तावका हस्ताक्षरकर्ताहरुलाई त्यही सरकारको मन्त्रीमा नियुक्त गरेको भन्दै जनमोर्चाले यसप्रकारका राजनीतिक चालबाजी वा षडयन्त्रले संसदीय प्रजातान्त्रिक मूल्य मान्यता र प्राप्त उपलब्धिहरुमाथि चुनौति दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !