६ आश्विन २०८१, आइतबार

विश्व भेटेनरी दिवसः वृद्धाश्रमका गाईलाई औषधोपचार गरेर मनाइयाे

प्रकाशित मिति :  24 April, 2021 4:52 pm


दाङ । विश्व भेटेनरी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । हरेक वर्ष अप्रिल २२ तारिकका दिन यो दिवस मनाउदै आइएको छ ।

दाङका नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एसोसिएशन (नेभ्ला) ले वृद्धाश्रमका पशुको उपचार गरेको छ ।

पशुकल्याणका लागि राप्ती गाउँपालिकामा स्थापना गरिएको पशु वृद्धाश्रममा रहेका कम्तिमा ६० गाईलाई ड्रेसिङ तथा औषधी उपचार गरिएको नेभ्ला दाङका अध्यक्ष दामोदर आचार्यले बताए ।

गाउँपालिका अन्तर्गतका नेभ्लाका सदस्य, गाउँपालिका वडा नं. २ का अध्यक्ष जगत बहादुर थापा, कालिका सामुदायिक वनका अध्यक्ष भिमकान्त भुसाल, वृद्धाश्रम समितिका अध्यक्ष याम बहादुर रोका लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस !