६ आश्विन २०८१, आइतबार

चितवनको देवघाट-ठिमुरा जोडने पुल बनाउने क्रममा खसेर १ मजदूरको मृत्यु, २ बेपत्ता

प्रकाशित मिति :  25 April, 2021 11:31 am


चितवन । चितवनमा त्रिशूली नदीमाथि भत्किएको पुल बनाउने क्रममा खसेर एक जना मजदूरको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । ८ जना घाइते भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका-१ ठिमुरामा देवघाट जोड्ने पुलमा ट्रस राख्ने क्रममा खस्दा एक जनाको ज्यान गएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । पुलबाट त्रिशूलीमा खसेका दुई जना बेपत्ता भएका छन् भने ८ जना मजदूर घाइते भएका छन् ।

यसअघि निर्माणाधीन उक्त पुलको पूर्वी भाग भत्किएको थियो । पश्चिमपट्टीको भागमा ट्रस राख्ने क्रममा मजदूर खसेका प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !