६ आश्विन २०८१, आइतबार

मन्त्रालयले भन्यो, ‘पीसीआर परिक्षण गर्न मात्र नेपाल आउने विदेशीको परिक्षण नगर्नु, निर्देशन नमाने कारवाही हुन्छ’

प्रकाशित मिति :  25 April, 2021 1:44 pm


काठमाडौं । सरकारले पीसीआर परिक्षण गर्न मात्र आउने वा नेपाललाई ट्रान्जिड बनाउने विदेशी नागरिकको परिक्षणमा रोक लगाएको छ ।

आइतबार सुचना जारी गर्दै मन्त्रालयले निर्देशन जारी गर्दै विदेशबाट परिक्षण मात्र गर्ने गरि आउनेलाई बन्देज नगरिए संक्रमण फैलनसक्ने भन्दै कडाइ गरेको जनाएको छ ।

निर्देशन विपरित कार्य गरेमा प्रयोगशाला तथा व्यक्तिलाई कारवाही गर्ने मन्त्रालयले जनाएको छ ।

“नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परिक्षण मात्रै गर्ने गरी आएर कुनै विदेशी नागरिकहरुको कोभि १९ परक्षण नगरीदिनुहुन नेपालका सबै प्रयोगशालालाई निर्देशन गरिन्छ,” मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “यस विपरित कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुले परिक्षण गर्ने गराउने गरेको पाइएमा नियमानुसार कारवाहीसमेत गरिने व्यहोरा सबैको जानकारीका लागि यो सार्वजनिक सूचना जारी गरिएको छ ।”

नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवार र नेपालमा बसोबास गरिरहका विदेशी नागरिकलाई भने परचय खुल्ने प्रमाणका आधारमा मात्र परिक्षणको व्यवस्था मिलाउन सूचनामा जनाइएको छ ।

छिमेकी मुलुक भारतबाट पीसीआर परिक्षण गर्न मात्र नेपाल आउने गरेको गुनासो बढिरहँदा सरकारले कडाइ गर्न थालेको हो ।



प्रतिक्रिया दिनुहोस !