३ आश्विन २०८१, बिहिबार

तिलाेत्तमा नगरपालिका क्षेत्रका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, परीक्षा समेत स्थगित

प्रकाशित मिति :  25 April, 2021 1:54 pm


तिलाेत्तमा ।  रुपन्देहीको तिलाेत्तमा नगरपालिका क्षेत्रमा रहेका विद्यालयहरु अनिश्चितकाकालका लागि बन्द गरिएको छ ।

नगरपालिका क्षेत्र भित्र केही दिन यतादेखि काेराेना संक्रमण बढ्दै गएकाले अवस्था थप जटिल हुन सक्ने भन्दै नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले आइतबारदेखि नै लागू हुनेगरी विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को निर्णय नहुनसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिमा क्षेत्रका शिक्षणसंस्थामा हुने सबै प्रकारका परीक्षाहरु समेत स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले तिलोत्तमा १ नँयामिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने छात्रा प्रतिमा सापकोटाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै, तीन दिन भित्र घटनाका विषयमा प्रतिवेदन पेश गरी छानविन गर्ने निर्णय गरेको छ ।

बैठकले तिलोत्तमा नगरपालिका क्षेत्रमा सञ्चालित सम्पूर्ण हाटबजारहरु अर्को निर्णय नहुँदासम्मको लागि तत्काल बन्द गराउने, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने नगराउने,बैंक, वित्तीय संस्था, सहकारी, पसल, व्यवसाय, होटल सञ्चालन गर्दा जनस्वास्थ्यका आवश्यक साधनसहित मापदण्डलाई पूर्णरुपमा परिपालना गराउने निर्णय गरेको छ ।

नगर क्षेत्रमा हुने विवाह, ब्रतन्ध, अन्तिम संस्कार जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु २५ जनाको भन्दा धेरै व्यक्ति उपस्थित नगराइ स्वास्थय सुरक्षाको मापदण्डको पालन हुने गरी मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

भारतबाट नेपाल फर्किएका नेपाली तथा अन्य व्यक्तिलाई परिवार, आफन्त, टोल विकाशसंस्था हरुले कोरोना प्रोटोकलमा रहन सहजीकरण गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !