३ आश्विन २०८१, बिहिबार

साओमीका तीन नयाँ स्मार्टफोन सार्वजनिक, यस्ता छन् मूूल्य र विशेषता

प्रकाशित मिति :  25 April, 2021 3:04 pm


काठमाडौ । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले भारतमा तीन नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ ।

एमआई एलेभन अल्ट्रा, एमआई एलेभन एक्स र एमआई एलेभन प्रो गरी तीन प्रिमियम स्मार्टफोन सार्वजनिक गरिएको हो ।

एमआई एलेभन एक्स र एमआई एलभन एक्स प्रो भने रडमीका क्रमशः रेडमी के फोर्टी र रेडमी के फोर्टी प्लस जस्तो मिल्दोजुल्दो प्रिमियम स्मार्टफोन हुन् । कम्पनीले यी दुई स्मार्टफोनलाई फेब्रुअरीमा चीनमा सार्वजनिक गरेको थियो । तीनवटै स्मार्टफोनमा ट्रिपल रियर क्यामरा छ भने कनेक्टिभिटी लेन्स पनि छ ।

एमआई एलेभन अल्ट्रा १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ६९ हजार ९९० भारु, एमआई एलेभन एक्स ६ जीबी ¥याम र १२८ जीबी स्टोरेजको मूल्य २९ हजार ९९९ भारु, एमआई एलेभन एक्स ८ जीबी ¥याम र १२८ जीबी स्टोरेजको मूल्य ३१ हजार ९९९ भारु तोकिएको छ ।

एमआई एलेभन एक्स प्रो को ८ जीबी र्याम र १२८ जीबीस्टोरेजको मूल्य ३९ हजार ९९० भारु भारतीय बजारमा रहेको छ । त्यसैगरी एमआई एलेभन एक्स प्रोको ८ जीबी ¥याम र २५६ जीबी स्टोरेजको मूल्य ४१ हजार ९९९ भारु भारतीय बजारमा रहेको छ ।

एमआई एलेभन अल्ट्रा कालो र सेतो रङ्गमा उपभोक्ताका लागि उपलब्ध हुनेछ । एमआई एलेभन एक्स र एमआई एलेभन एक्स प्रो कलेस्टियल सिल्भर, कस्मिक ब्ल्याक र फ्रस्टी ह्वाइट रङ्गमा उपभोक्तले खरिद गर्न पाउने भएका छन् ।

एमआई एलेभन एक्स प्रोको बिक्री २४ अप्रिलबाट सुरु भएको हो भने २७ अप्रिल देखि एमआई एलेभन एक्सको बिक्री सुरु हुनेछ । एअआई एलेभन अल्ट्राको बिक्री खुलाबारे कम्पनीले पछि खुलाउने भएको छ ।

एमआई एलेभन अल्ट्राको विशेषतामा यो स्मार्टफोन एन्ड्रोइड एलेभनमा आधारित एमआईयुआई ट्वेल्भ अपरेटिङ सिस्टममा रन गर्छ । रहेको छ । यसमा ६.८१ इन्चको डब्लुक्युएचडी प्लस (१४४० गुना ३२०० पिक्सल) इफोर एमोलेडे डिस्प्लेको विशेषता छ ।

डिस्प्लेलाई कार्निङ गोरिल्ला ग्लास भिक्टसको सुरक्षा दिइएको छ । फोनमा दोस्रो डिस्प्ले पनि दिइएको छ । यसको स्क्रिन साइज १.१ इन्च (१२६ गुना २९४ पिक्सल) छ । फोनमा क्वालकम स्न्यापड्रयागन ८८८ (१२६ गुना २९४) प्रोसेसरसँग एड्रोनो ६६० जीपीयु दिइएको छ । यो स्मार्टफोनमा १२ जीबी एलपीडीडीआरफाइभ र्याम र २५६ जीबी युएफएस ३.१ स्टोरेज पनि छ ।

फोटो र भिडियोग्राफीका लागि ट्रिपल रियर क्यामरा जोडिएको छ । फोनमा ५० मेगापिक्सलको प्राथमिक लेन्स छ । यसको अपर्चर एफ÷१.९५ छ भने ४८ मेगापिक्सलको अल्ट्रा–वाइड एङ्गल लेन्स र ४८ मेगापिक्सलको टेलिफोटो सेन्ससर दिइएको छ । यो १२० गुना डिजिटल जुमको सपोर्ट सिस्टम छ । सेल्फीका लागि ट्वेन्टी मेगापिक्सल पन्च होल क्यामरा छ ।

कनेक्टिभिटीको लागि डुअल ब्यान्ड ,वाइफाइ सिक्स, ब्लुटुथ भिफाइभ पोइन्ट टु, जीपीएस, एजीपीएस, एनएभआईसी सपोर्ट प्रणालीका साथमा एनएफसी र युएसबी टाइप सी पोर्ट छ । यसमा आईआर ब्लास्टर र इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ । यो फोनमा फाइभथाउवज्यान्ड एमएएच ब्याट्री हुन्छ । ६७ डब्लु तारसहित र ताररहित चार्जिङ सपोर्ट गर्छ । दस वाटको रिभर्स वायरलेस चार्जिङ सपोर्ट प्रणाली पनि छ ।

फोन आईपीसिक्सटीएट बाट प्रमाणित छ । यसको आयतन १६४.३ गुना ७४.६ गुना ८.३८ र वजन २३४ ग्राम छ । साओमी एमआईएलेभन र एमआइआई एक्स प्रो दुवैको विशेषता बडी र स्क्रिनको अनुपात ९२.६२यु छ । एमआई एलेभन एक्समा क्वालकम स्न्यापड्रयागन ८७० प्रोसेसरका साथ एड्रेनो ६५० जीपीयु छ ।

यो ८ जीबीसम्म एलपीडीडीआरफाइभ र्याम र १२८ जीबी युएफएस ३.१ स्टोरेजको साथ छ । त्यसैगरी एमआई एलेभन एक्स प्रोमा स्न्यापड्रयागन ८८८ प्रोसेसरका साथ एड्रेनो ६६० जीपीयु र ८ जीबी र्याम र २५६सम्मको स्टोरेज सुविधा छ ।

यसमा ६.६७ इन्चको फुल एचडी (१०८० गुना२४०० पिक्सल) इफोर एमोलेडे डिस्प्लेको विशेषता छ । डिस्प्लेलाई एचडीआर टेन ग्लास भिक्टसको सुरक्षा दिइएको छ । फोनमा दोस्रो डिस्प्ले पनि दिइएको छ ।

यसको स्क्रिन साइज १.१ इन्च (१२६ गुना २९४ पिक्सल) छ । फोनमा क्वालकम स्न्यापड्रयागन ८८८(१२६ गुना२९४) प्रोसेसरसँग एड्रोनो ६६० जीपीयु दिइएको छ । यो स्मार्टफोनमा १२ जीबी एलपीडीडीआरफाइभ र्याम र २५६ जीबी युएफएस ३.१ स्टोरेज पनि छ ।

फोटो र भिडियोग्राफीका लागि ट्रिपल रियर क्यामरा जोडिएको छ । फोनमा ५० मेगापिक्सलको प्राथमिक लेन्स छ । यसको अपर्चर एफ १.९५ छ भने ४८ मेगापिक्सलको अल्ट्रा–वाइड एङ्गल लेन्स र ४८ मेगापिक्सलको टेलिफोटो सेन्ससर दिइएको छ । यो १२० गुना डिजिटल जुमको सपोर्ट सिस्टम छ । सेल्फीका लागि २० मेगापिक्सल पन्च होल क्यामरा छ ।

कनेक्टिभिटीको लागि डुअल ब्यान्ड ,वाइफाइ सिक्स, ब्लुटुथ भिफाइभ पोइन्ट टु, जीपीएस, एजीपीएस, एनएभआईसी सपोर्ट प्रणालीका साथमा एनएफसी र युएसबी टाइप सी पोर्ट छ । यसमा आईआर ब्लास्टर र इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ । यो फोनमा फाइभथाउज्यान्ड एमएएच ब्याट्री हुन्छ । ६७ डब्लु तारसहित र ताररहित चार्जिङ सपोर्ट गर्छ । दस वाटको रिभर्स वायरलेस चार्जिङ सपोर्ट प्रणाली पनि छ ।

फोन आईपीसिक्सटीएट बाट प्रमाणित छ । यसको आयतन १६४.३ गुना ७४.६गुना ८.३८ र वजन २३४ ग्राम छ ।
दुवै स्मार्टफोन ट्रिपल रियर क्यामरा लेन्स छ । एलेभन एक्समा ४८ मेगा पिक्सको सोनी आईएमएक्स ५८२ प्राइमरी सेन्सर छ ।८ मेगापिक्सल अल्ट्रा वाइड सेन्सर र ५ मेगापिक्स म्याक्रो सुटर लेन्स दिइएको छ ।

एमआई एलेभन एक्स प्रोमा १०८ मेगापिक्स स्यामसङ प्राइमरी सेन्सर रहेको छ । अन्य दुई लेन्स एलेभन एक्स जस्तै हो । दुवै स्मार्टफोन २० मेगापिक्सलको सेल्फी क्यामरा लेन्स छ ।

कनेक्टिभिटीका लागि दुवै स्मार्टफोनमा डुअल ब्यान्ड वाइफाइ, वाइफाइ सिक्स, जीपीएस, एजीपीएस, एनएभआईसी सपोर्ट सिस्टम सहित युएसबी टाइपसी पोर्ट दिएको छ । एलेभन एक्समा ब्लुटुथ भीफाइभ १ र एमआईएलेभन एक्स प्रोमा ब्लुटुथ भीफाइभ २ छ ।

दुवै स्मार्टफोनमा फोरथाउज्यान्ड फाइभहन्ड्रेडट्वेन्टी एमएएच ब्याट्री छ । ३३ डब्लुको फास्ट चार्जिङ सपोट भएका यी दुई स्मार्टफोनमा डुअल स्पिकर डल्बी एटम्स सपोर्ट पनि छ । यसको आयतन १६३.७ गुना७६.४गुना ७.८ एमएन र वजन १९६ ग्राम छ ।

 



प्रतिक्रिया दिनुहोस !