११ मंसिर २०८१, मंगलबार

इराकमा कोभिड अस्पतालमा आगलागी हुँदा २३ जना विरामीको मृत्यु

प्रकाशित मिति :  25 April, 2021 3:28 pm


इराक । इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी शुरु भएको थियो । उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो ।

दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका कारण इराकी अस्पतालहरुको अवस्था अत्यन्त दयनीय छ । अस्पतालहरुमा औषधि र शैयाको पनि अभाव छ ।

उक्त दुर्घटना लगत्तै सामाजिक सञ्जालमा तिब्र आक्रोश व्यक्त भएको छ । प्रधानमन्त्रीले आगलागीको कारणका बारेमा अनुसन्धान गर्न आदेश दिनु भएको छ ।

आगलागी हुँदा उक्त अस्पतालमा कोभिड–१९ का सख्त बिरामी ३० जनालाई राखिएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस !