६ आश्विन २०८१, आइतबार

हतियारसहित एक गिरोह पक्राउ

प्रकाशित मिति :  25 April, 2021 4:25 pm


काठमाडौ । प्रहरीले अवैध हतियार र लागु औषधको ओसारपसारमा संलग्न एक गिरोहलाई वीरगन्जबाट पक्राउ गरेको छ । एक प्रहरी जवानसहित ८ जना रहेका सो समूहमा रहेको जनाइएको छ ।

पक्राउ पर्नेहरूमा रौतहटको सखुवा नगरपालिका १ घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेश यादव, मकवानपुरको मनहरी गाउँपालिका ५ का २५ वर्षीय राजु रानामगर, पर्साको वीरगन्ज महानगरपालिका १२ मुर्लीका ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्दप्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का २४ वर्षीय नन्दन सिंह र रोशन सिंह हुन् ।

प्रहरीले उनीहरूको साथबाट स्वचालित पेस्तोल २ थान, म्याग्जिन २ थान, लागूऔषध डाइजिपाम, नुर्फिन र फेनार्गन गरेर ३ सय एम्पुल र निट्राभेट ट्याब्लेट १ हजार २ सय पिस बरामद गरेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !