६ आश्विन २०८१, आइतबार

उपत्यकाका सिडिओ अफिसमा अत्यावश्यक बाहेक सबै सेवा एक हप्ता बन्द

प्रकाशित मिति :  25 April, 2021 4:39 pm


काठमाडौ । काठमाडौ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय)हरूका अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय लिइएको छ ।

तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट यस्तो निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने शान्ति, सुरक्षा र मुद्दाबाहेकका सेवा सोमबारदेखि बन्द गर्ने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी सार्वजनिक गरेका हुन् ।

उनका अनुसार मालपोत, यातायात लगायत भिडभाड हुने कार्यालयमा पनि आलोपालो गरी समय बढाएर कम भिड हुने गरी सेवा प्रदान गर्ने निर्णय पनि गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !