६ आश्विन २०८१, आइतबार

रुपन्देहीमा टिपरले तीन वटा जन्तीबसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

प्रकाशित मिति :  25 April, 2021 5:23 pm


रुपन्देही । रुपन्देहीमा टिपरले तीन वटा जन्तीबसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(बेलहिया सडक खण्डको कोटिहवामा भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा(१५ की १० वर्षिया सरस्वती हरीजन र ८ वर्षीया गंगा हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । ६ जना गम्भीर घाइते भएका छन्।

जन्ती बोकेर भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९६८५ नम्बरको बसलाई भैरहवा तर्फबाटै बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट उछिट्टिएको बसले जन्ती बोकेकै अर्को लु १ ख ५७८८ नम्बरको बसलाई ठक्कर दिएको र उक्त बस अनियन्त्रित भई लु २ च ७०७२ नं बलेरो जीपमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !