६ आश्विन २०८१, आइतबार

शिक्षकमा कोरोना संक्रमणपछि रोल्पाको सुनिलस्मृति गाउँपालिकाका सबै विद्यालय बन्द

प्रकाशित मिति :  25 April, 2021 6:30 pm


काठमाडौं । शिक्षकमा कोरोना संक्रमण देखिएपछि रोल्पाको सुनिलस्मृति गाउँपालिकाका सबै विद्यालय बन्द गरिएको छ ।

पछिल्लो समय संक्रमण फैलिने क्रम बढेसँगै सुनिलस्मृतिका केही शिक्षकमा कोरोना संक्रमण देखिएकाले आउँदो १९ गतेसम्मका लागि विद्यालय बन्द गरिएको सुनिल स्मृति गाउँपालिका वडानम्बर-४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले जानकारी दिए ।

रोल्पामा कोरोना परीक्षण राम्रो हुनसकेको छैन । प्यूठान गएर परीक्षण गरेका सुनिलस्मृति गाउँपालिका वडा नं. २ का २ जना शिक्षकमा कोरोना देखिएको थियो ।

कोरोना देखिएलगत्तै सबै विद्यालय बन्द गर्ने निर्णय भएको हो । गाउँपालिकाले २० गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !