६ आश्विन २०८१, आइतबार

रोल्पाका सबै सीमा नाकामा सहायता कक्ष राख्न निर्देशन

प्रकाशित मिति :  25 April, 2021 7:01 pm


रोल्पा । जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्ला भित्रने नाकामा अनिवार्य सहायता कक्षा राख्न निर्देशन दिएको छ ।

आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले नाका पर्ने सुनिलस्मृति गाउँपालिकाको खुंग्री, रुन्टीगढी गाउँपालिकाको होलेरी र त्रिवेणी गाउँपालिकाको निगालपानीमा सोमबारदेखि नै अनिवार्य सहायता कक्षा राख्न भनेको हो ।

केन्द्रले जिल्ला भित्र स्वाव संकलन केन्द्रहरूमा संकलित स्वावहरूको परीक्षण कुन ल्याबमा पठाउने भन्ने सम्पूर्ण व्यवस्था स्वास्थ्य कार्यालयले सबै पालिकासँग समन्वय गरी व्यवस्था मिलाउने भनेको छ ।

केन्द्रले १० वटै स्थानीय तहसँग स्वास्थ्य सम्बन्धी समन्वय गर्ने फोकल पर्सन जनस्वास्थ्य प्रमुखलाई तोक्ने र दैनिक जानकारी गराउन भनेको  छ ।



प्रतिक्रिया दिनुहोस !