६ आश्विन २०८१, आइतबार

सुर्खेतमा निषेधाज्ञाको बारेमा कुनै निर्णय भएको छैन : सिडिओ

प्रकाशित मिति :  26 April, 2021 1:04 pm


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेका अवस्थामा सुर्खेतमा निषेधाज्ञा गर्ने नगर्ने भन्ने विषयमा अहिलेसम्म केहि निर्णय भएको छैन । उद्योगी व्यव्यसायी र गरिखाने समुहले लकडाउनको विकल्प खोज्नुपर्ने आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले तत्काल कुनै पनि निर्णय नगरेको बताएको छ ।

जिल्लामा कोरोनाको दोस्रो लहर भयावह भन्दै गएपछि सुर्खेतमा एक साताका लागि निशेधाज्ञा जारी गरिएको भन्ने हल्ला फैलिएकोले यो सत्य नभएको जिल्ला प्रमुख अधिकारी छविलाल रिजालले जानकारी दिए । रिजालले लुम्बिनी संचारसँग भने “हामी छलफलमै छौ अहिलेसम्म निषेधाज्ञा सम्बन्धी कुनैपनि निर्णय भएको छैन ।”



प्रतिक्रिया दिनुहोस !