३० कार्तिक २०८१, शुक्रबार

नेप्से परिसूचक ६५ अंकले घटेसँगै कोरोनाको प्रभाव सेयरबजारमा पनि देखियो

प्रकाशित मिति :  26 April, 2021 4:02 pm


काठमाडौं । केही दिन यता कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि त्यसको प्रभाव सेयर बजारमा पनि परेको छ ।

बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले निषेधाज्ञा लगाउने तयारी भइरहेका बेला आज कोरोना त्रासका कारण लगानीकर्ताले धमाधम सेयर बेच्न थालेपछि बजारमा भारी गिरावट आएको हो ।

सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६१ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ११.२५ अंकले घटेर ४५२.७९ को अंकमा पुगेको हो ।

आज नेप्सेमा रहेका कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयर राताम्ये भएको छ । कारोबारका आधारमा आज अपर तामाकोशी अग्रस्थानमा रहेको छ । कम्पनीको ३१ करोड ५८ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा कूल २२० कम्पनीको एक करोड २६ लाख २१ हजार ९६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड ६७ लाख १३ हजार २३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !