६ आश्विन २०८१, आइतबार

कोरोनाको जोखिम रहेको भन्दै रोल्पाको सुनछहरी गाउँपालिकाद्वारा सबै विद्यालय बन्द

प्रकाशित मिति :  26 April, 2021 6:26 pm


काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकाले कोरोना संक्रमणको जोखिम रहेको भन्दै विद्यालय बन्द गरेको छ ।

गाउँपालिकाको आज सूचना जारी गर्दै गाउँपालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जारी गरेको सूचना अनुसार वैशाख १४ देखि १९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

हिजो मात्रै सुनिलस्मृति गाउँपालिकाले भित्र सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !