६ आश्विन २०८१, आइतबार

आज दिउँसो तीन बजे माओवादी केन्द्रको स्थायी समिति बैठक

प्रकाशित मिति :  27 April, 2021 1:28 pm


काठमाडौ । अविश्वास प्रस्तावको विषयमा थप छलफल गर्न नेकपा माओवादी केन्द्रले मंगलबार दिउँसो तीन बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

मंगलबार दिउँसो ३ बजेलाई बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरी अर्को नयाँ सरकार बनाउन पर्यत्नशील माओवादी केन्द्रले सोही विषयमा छलफल गर्न दिँउसो तीन बजे स्थायी कमिटी बैठक बोलाइएको पार्टी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयले पेस गर्ने विधानमाथि छलफलका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ ।

कांग्रेस, माओवादी र जसपाको एउटा समूह मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । नेताहरूका अनुसार अविश्वास प्रस्ताव दर्ता भएपछि मात्रै माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !