६ आश्विन २०८१, आइतबार

कोरोना संक्रमित भएपछि ऊर्जा मन्त्री अस्पताल भर्ना

प्रकाशित मिति :  27 April, 2021 1:44 pm


काठमाडौ । ऊर्जा मन्त्री रायमाझी कोरोना संक्रमित भएका छन् ।

संक्रमित भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

हिजो सोमबार पिसिआर परीक्षण गरिएको थियो ।

सो पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना संक्रमण भएको देखिएको हो ।

संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरियो ।

निकट स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ ।



प्रतिक्रिया दिनुहोस !