६ आश्विन २०८१, आइतबार

एमालेद्धारा पीसीआर परीक्षण नगरी बैठक बसेको भन्दै गण्डकी प्रदेश सभा अवरुद्ध

प्रकाशित मिति :  27 April, 2021 2:14 pm


काठमाडौं । गण्डकी प्रदेशको विशेष अधिवेशन सत्ता पक्षका सांसदले नै अवरुद्ध गरेका छन् । सत्तारुढ दल नेकपा एमालेले कोरोनाको दोस्रो लहर चलेको अवस्थामा सांसदहरुको कोरोना परीक्षण नगरी बैठक डाकिएको भन्दै प्रदेश सभा अवरुद्ध गरेको हुन् ।

प्रदेश सभाका सदस्यहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सदस्यहरुले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञासमेत जारी गरेको अवस्थामा प्रदेशसभाको बैठक चल्न नदिने एकजना प्रदेश सभा सदस्यले बताए । सत्ता पक्षको अवरोधका कारण बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ ।

विशेष अधिवेशनको दोस्रो दिनको बैठकको सुरुमै सत्तारुढ दलका सांसदले उठेर विरोध गरेका थिए । सभामुखले कुरा राख्न भनेपछि सांसद पहरीले कोरोना संकटमा पीसीआर परीक्षण नगरी बैठक बस्न नहुने बताए ।

वैशाख २ गते २८ सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश प्रमुख अमिक शेरचनले १३ गते विशेष अधिवेशन बोलाएका थिए ।

गण्डकी प्रदेशसभामा कांग्रेस, माओवादी र जसपाका गरी २८, जनमोर्चाका ३ जना गरी ३१ जना विपक्षीसँग छ । एमालेका २७ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस !