नेपालमा ट्रान्जिट बनाएर विदेशीले त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नपाउने
प्रकाशित मिति : 27 April, 2021 2:52 pm
काठमाडाैं । सरकारले विश्वव्यापी फैलिएको कोरोना महामारीको जोखिम बढ्दै गएपछि नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जाने विदेशी नागरिकलाई रोक लगाएको छ ।
अध्यागमन विभागले एक सुचना जारी गरी त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको जनाएको छ ।
२०७८ वैसाख १५ गते राति १२ बजेदेखि लागु हुने गरी नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाइएकाे हो ।
पछिल्लो समय भारतबाट ठूलो संख्यामा नेपाललाई ट्रान्जिट बनाएर खाडी मुलुक तथा साउदीमा उडिरहेका छन् ।