३० कार्तिक २०८१, शुक्रबार

निषेधाज्ञाको मौका पारेर चर्को भाडा असुल्दै एयरलाइन्स

प्रकाशित मिति :  27 April, 2021 4:34 pm


काठमाडौं । निषेधाज्ञा जारी भएसँगै यति एयरलाइन्सले आन्तरिक उडानको हवाई भाडा बढाएकोे छ । काठमाडौं उपत्यकामा १६ गते देखि निषेधाज्ञा जारी हुने भएपछि एयरलाइन्सले काठमाडौंबाट भैरहवाको हवाई भाडा ३ हजार ३ सय ३० रुपैयाँ बढाएको छ । यो सँगै अब काठमाडौं भैरहवाको लागि ६ हजार ३० रुपैयाँको महंगो टिकट खरिद गर्नुपर्ने भएको छ ।

सरकारले १ वैशाख १६ गते विहानदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञासँगै अत्यावश्यक बाहेक सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाएसँगै हवाई टिकट महंगो भएको हो ।

एयरलाइन्सले निषेधाज्ञा जारी पछि महंगोमा टिकट बिक्री गराउन थालेका छन् । अहिले बुद्ध एयर, यति एयर र श्री एयरले हवाई टिकटको मुल्य दुईगुणा बढि बढाएर बिक्री गरिरेहका छन् ।

जस अनुसार कम्पनीहरुले काठमाडौं–भैरहवाका लागि ६ हजार ३० रुपैयाँ, काठमाडौं–बिराटनगरका लागि ७ हजार १५० रुपैयाँ, काठमाडौं–भद्रपुरका लागि ९ हजार २ सय रुपैयाँमा टिकट बिक्री गरिरहेका छन् ।

त्यसैगरी काठमाडौं–धनगढीका लागि ११ हजार ७ सय रुपैयाँ, काठमाडौं–जनकपुरका ३ हजार ६५० रुपैयाँ, काठमाडौं–नेपालगञ्जका लागि ५ हजार ७ सय रुपैयाँ, काठमाडौं–पोखराका लागि २ हजार ९ सय रुपैयाँमा टिकट बिक्री गरिरहेका छन् ।

यो विभिन्न एयरलाइन्सहरुले तोकेको उपलब्ध सबैभन्दा सस्तो मूल्य हो । त्यसबाहेक कतिपय गन्तव्यको टिकट सबै बिक्री भइसकेको छ भने टिकट पाउने अवस्था छैन् ।

विमान कम्पनीहरुले निषेधाज्ञाको घोषणासँगै काठमाडौंदेखि विभिन्न गन्तव्यका लागि उडान संख्या समेत थप गरेका छन् ।सोमबार १२३ वटा आन्तरिक उडान भएकोमा मंगलबार १२८ वटा उडान निर्धारण गरिएको विमानस्थलले जानकारी दिएको छ ।

पहिलाको भाडादर

अहिलेको भाडादर



प्रतिक्रिया दिनुहोस !