६ आश्विन २०८१, आइतबार

दाङमा वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय

प्रकाशित मिति :  27 April, 2021 5:52 pm


दाङ । दाङमा वैशाख १७ गतेदेखि लकडाउन हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्र (डीसीएमसी)ले शुक्रबारदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि आज बसेको डीसीसीएमसीको बैठकले वैशाख १७ गतेदेखि २५ गते साँझ ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनभर अत्यावश्यकबाहेक सबै सेवा र व्यवसाय बन्द हुने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !