६ आश्विन २०८१, आइतबार

पाँचखाल नगरपालिकाद्वारा दक्ष चिकित्सकसहित १५ बेडको आइसोलसन कक्ष सञ्चालन

प्रकाशित मिति :  27 April, 2021 7:08 pm


काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकाले १५ बेडको आइसोलसन कक्ष सञ्चालनमा ल्याएको छ ।

नगरपालिका प्रमुख महेश खरेलले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य उपकरण,चिकित्सक तथा आवश्यक दक्ष स्वास्थ्यकर्मीसहितको १५ बेडको आइसोलसन कक्ष सञ्चालनमा ल्याइसकेको जानकारी गराएका छन् । आइसोलेसन कक्षा वैशाख १० गतेदेखि नै सञ्चालनमा ल्याएको प्रमुख खरेलको भनाई छ ।

खरेलले विज्ञप्तिमा भनेका छन्,“आफू बाँचौ,अरुलाई पनि बचाउँ भन्ने मूलमन्त्रलाई आत्मसाथ गरी नगरवासीहरूले सुरक्षित रुपमा आफ्ना क्रियाकलापहरू सञ्चालन गर्नु/गराउनु हुनेछ भन्ने पाँचखाल नगरपालिकाको तर्फबाट मैले पूर्ण विश्वास लिएको छ ।”

उनले कोरोना संक्रमणबाट सुरक्षित रहन अपनाउनुपर्ने उपायहरू सबैले अपनाउन आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !