६ आश्विन २०८१, आइतबार

रोल्पाको त्रिवेणी गाउँपालिकामा भिषण आगलागी, ६० भन्दा बढी घर जले

प्रकाशित मिति :  27 April, 2021 7:48 pm


रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा भिषण आगलागी भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर २ को पिडाले,भल्लिचौर,प्युरीको वस्ती सखाप भएको छ भने आगो फैलनेक्रम जारी छ ।

अहिलेसम्म कम्तिमा ६० वटा घर जलेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय होलेरीलाई उदृढ गर्दै पत्रकार मनोज पुनले जानकारी दिएका छन् ।  राहत लिएर गएको टोलीसमेत जोखिममा परेको छ ।

दिउँसो २ बजेपछि आगो फैलिएको थियो । आगो नियन्त्रणका लागि नेपाली सेना,प्रहरी,स्थानीयवासी आगो नियन्त्रणमा लागिरहेका छन् । आगलागी भएको ठाउँमा पुगेका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बलराम बुढाले आगो अहिलेपनि अनियन्त्रित भएको बताए ।

उनले भने, “आगो पुरै अनियन्त्रित छ । नियन्त्रण गर्न गाह्रो छ । बस्तीका मानिस पुरै बाहिर निकालिएको छ ।”

अध्यक्ष बुढाले ५० भन्दा बढी घर जलेको जानकारी दिए । आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक चरणमा फरकफरक तथ्याङ्क आएपनि एकीन बिवरण प्राप्त हुन सकेको छैन ।

 



प्रतिक्रिया दिनुहोस !