६ आश्विन २०८१, आइतबार

कोरोनाको संकटका बेला रोल्पाको त्रिवेणीमा प्राकृतिक विपत्ति,आगलागीबाट ठूलो क्षति (फोटोसहित)

प्रकाशित मिति :  28 April, 2021 11:19 am


रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा सोमबार देखि फैलिएको आगलागीबाट ठूलो क्षति भएको छ ।

सोमबारदेखि फैलिएको आगोले वडानम्बर २,३ र ६ नम्बर वडामा ५० भन्दा बढी घरगोठ जलेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए । उनले भने, आगलागीले ठूलो क्षति पुराएको छ । अहिले सम्म घर र गोठ गरेर ५० भन्दा बढी जलिसकेका छन् । अहिलेपनि आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । अध्यक्ष वलीले दिउँसो हावाहुरी चले झन ठूलो जोखिम हुनसक्ने बताए । उनले भने,”अहिले नियन्त्रण भन्दा बाहिर त छैन तर दिउँसो हावाहुरी चलेपछि गाह्रो हुने देखिन्छ ।”

रोल्पामा आगलागीबाट ठूलो क्षति भएको छ । सोमबारदेखि फैलिएको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । थारलेख सामुदायिक वनबाट सोमबार बेलुकी आगलागी फैलिएको थियो ।

आगो नियन्त्रणमा ल्याउनका लागि स्थानीय बासिन्दा , सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले आफ्नो सकृता जारी राखेका छन् ।

गाउँपालिकाको सहयोगमा राहत उपलब्ध गराउने कार्य भैरहेको तथा सदरमुकाम लिवाङबाट जिल्लाबाट प्रमुख जिल्ला अधिकारी , रेडक्रस लगायतको टोली राहत लिएर आगलागी भएको वस्तीमा जाँदैछन् । अध्यक्ष वलीले क्षतिको एकीन विवरण आउन अझै समय लाग्ने बताए ।

फोटो: समाजिक सञ्जालबाट



प्रतिक्रिया दिनुहोस !