६ आश्विन २०८१, आइतबार

वैशाख १ यतामात्रै भेरी अस्पतालका ७३ जना चिकित्सक तथा कर्मचारी कारोना संक्रमित

प्रकाशित मिति :  28 April, 2021 11:42 am


काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि वैशाख १ यतामात्रै भेरी अस्पताल बाँकेका ७३ जना कर्मचारी संक्रमित भएका छन् ।

अस्पतालले अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा समेत संक्रमण उल्लेखय रुपमा देखिएको जानकारी गराउँदै वैशाख १ गतेयता ७३ जना कर्मचारीका कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।

आफ्नो आधिकारिकत फेसबुक पेजमा अस्पतालले राखेको विवरण अनुसार संक्रमित हुनेमा महिला ४४ जना अर्थात ६०.३ प्रतिशत छन् भने पुरुष २७(३९.७ प्रतिशत) रहेका छन् ।

अस्पतालका अनुसार नर्सिङ कर्मचारीहरू ३३ जना अर्थात ४५.२ प्रतिशत, सहायक कर्मचारीहरू (क्लिनर,हेल्पर आदि) २२ जना अर्थात ३० प्रतिशत संक्रमित भएका छन् ।

त्यस्तै चिकित्सक ८ जना अर्थात ११ प्रतिशत,प्यारामेडिक्स(एचए,अहेव) ८ जना अर्थात ११ प्रतिशत र प्रशानका २ अर्थात २ दशमलव ७ प्रतिशत संक्रमित भएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !