६ आश्विन २०८१, आइतबार

आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन नेपाली कांग्रेस रोल्पाको माग

प्रकाशित मिति :  28 April, 2021 11:59 am


रोल्पा। नेपाली कांग्रेस रोल्पाले त्रिवेणी गाउँपालिकामा फैलिएको आगो र पुराएको क्षतिले स्तब्ध भएको उल्लेख गरेको छ ।

सभापति अमरसिंह पुनले आज विज्ञप्ति जारी गर्दै भनेका छन्,“ रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. २ को थारलेख सामुदायिक वनबाट सामेबार साँझदेखि सुरु भएको आगलागाी अहिले रामपुर सामुदायिक वनसम्म डरलाग्दो रुपमा फैलिरहेको घटनाले नेपाली काँग्रेस जिल्ला कार्यसमिति रोल्पा स्तब्ध भएको छ । ”

सभापति पुनले भयावह प्रकोपमा परेर सम्पत्ति गुमाएका व्यक्तिहरुलाई राहत उपलब्ध गराएर गासबासको उचि व्यवस्था गर्न माग समेत गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !