एनआइसी एसिया क्यापिटलको कारोबारमा आइएमी पेबाट भुक्तानी गर्न सकिने
काठमाडौं । एनआइसी एसिया क्यापिटल र आइएमई पे बीच डिम्याट खाता र मेरो सेयर सम्बन्धी कारोबार सहज बनाउनको लागि सम्झौता भएको छ । अवदेखि एनआइसी एसीया क्यापिटल डीम्याट खाता र मेरो शेयर नविकरण गर्न आइएमई पे एप र आइएमई पे मार्फत देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।
क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई पे, एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भए पश्चात सेवाग्राहीहरूलाई डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्ने बताए ।
त्यस्तै आईएमई पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिवद्ध रहेको र यो सम्झौता पश्चात सेवाग्राहीहरुलाई डिम्याट खाता र मेरो शेयर नवीकरणसँग सम्वन्धित कारोबारहरू थप सहज र सरल तरिकाले गर्ने सक्ने बताए । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रयोगकर्तालाई लक्षित गरि ‘आइएमई पे’ ले नयाँ एप गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।