४ आश्विन २०८१, शुक्रबार

सभामुखको विषय टुंगो लागि सक्यो: सञ्चारमन्त्री बाँस्कोटा

प्रकाशित मिति :  31 December, 2019 11:36 am


sf7df8f}F, !) ebf} -/f;;_ M ;~rf/ tyf ;”rgf k|ljlw dGqfnodf d+unaf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu s’/fsfgL ug'{x’Fb} ;~rf/ tyf ;”rgf k|ljlwdGqL uf]s’nk|;fb afF:sf]6f . t:jL/ M /Tg >]i7 .

कञ्चनपुर, १५ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताउनु भएको छ। कञ्चनपुरको भीमदत्तनगरमा मंगलबार बिहान  प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अन्य दललाई सभामुख पद नदिने सङ्केत गर्नुभयो।

“सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।” उहाँले सभामुखको विषय चाँडै टुङ्गो लाग्ने जानकारीसमेत दिनुभयो ।

सरकारले सम्भावनाहरुको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डो-याउँदै लगिरहेको बताउँदै उहाँले ठूला विकास निर्माणका परियोजनामा भइरहेका ढिलासुस्ती पनि हट्दै गएको जिकिर गर्नुभयो। “समृद्धि राष्ट्रिय एजेण्डा हो”, उहाँले भन्नुभयो, “हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनःनिर्माण अभियानमा जुटेका छौँ ।”



प्रतिक्रिया दिनुहोस !