६ आश्विन २०८१, आइतबार

बगमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

प्रकाशित मिति :  28 April, 2021 2:30 pm


काठमाडौं । बगमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त रहेका तीन मन्त्रालयलाई पूर्णता दिएका हुन् ।

पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बागमती प्रदेशका तीन मन्त्रीले पुस १० गते राजीनामा दिएका थिए।



प्रतिक्रिया दिनुहोस !