१४ मंसिर २०८१, शुक्रबार

निषेधाज्ञामा सुनचाँदी व्यवसायी महासंघ बन्द रहने, सुनचाँदी दर भने प्रकाशित हुने

प्रकाशित मिति :  28 April, 2021 2:46 pm


सुनचाँदी

काठमाडाै । नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर आफ्ना सबै गतिविधि बन्द हुने जनाएको छ ।

बुधबार एक सूचना जारी गर्दै महासंघले कोभिड–१९ को महामारी फैलिएपछि सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द गरिने जनाएको हो ।

महासंघको कार्यलय बन्द रहेता पनि महासंघबाट जारी हुने दैनिक सुनचाँदी दरभाउ भने प्रकाशित हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !