६ आश्विन २०८१, आइतबार

गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा छिनोफानो लाग्दै

प्रकाशित मिति :  28 April, 2021 2:56 pm


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा आज मतदान हुँदैछ ।

अविश्वास प्रस्ताव माथि आजै छिनोफानो गर्ने उद्देश्यले निर्णयार्थ मतदान हुने कार्यसूची सहित संसद् बैठक सुरु भएको सचिवालय स्रोतले जनाएको छ ।

सोमबारबाट सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको आजको बैठकमा मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले जवाफ दिएपछि मतदान हुने कार्यसूची रहेको छ ।

केहीबेर अघि बसेको बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस !