६ आश्विन २०८१, आइतबार

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका खड्काको सांसद पद खारेज

प्रकाशित मिति :  28 April, 2021 2:59 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित चन्द्रबहादुर खड्काको पद खारेज भएको छ ।

एमालेमा प्रवेश गरेका खड्कालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद खारेज गरेको हो । खड्कालाई सांसदबाट हटाउन माओवादी केन्द्रले बुझाएको पत्र संघीय संसद् सचिवालयले आज स्वीकृत गरेको हो ।

सचिव राजेन्द्र फुयाँलले आज सूचना जारी गर्दै खड्काको पद खारेजबारे जानकारी गराएको हो ।

खड्का माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !