६ आश्विन २०८१, आइतबार

सरकारवादी १५ मुद्दा फिर्ता

प्रकाशित मिति :  28 April, 2021 3:42 pm


काठमाडौ । सरकारले नेपाल सरकारवादी रहेका १५ वटा मुद्दा फिर्ता लिएको छ ।

ती १५ मुद्दामा एक सय २० जना विरूद्ध अभियोग लगाइएको थियो ।

सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरिरहेका बेला यस्तो जानकारी दिएका हुन् ।

सरकारवादी रहेका मुद्दा फिर्ता लिने कामलाई निरन्तरता दिइने जनाउँदै अहिले १५ मुद्दा फिर्ता लिइएको उनको भनाइ रहेको छ ।

जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनहरूका बेला आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दाहरू फिर्ता लिन माग गर्दै आएको बेला सरकारले त्यस्ता मुद्दा फिर्ता लिएको हो ।

जसपाले माग गरिएका मुद्दाहरूमा लिइएका मुद्दामा कति परेका हुन त्यो खुल्न अझै बाँकी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली जसपालाई आफ्नो गठबन्धनमा तान्न मुद्दा फिर्ता लिएकाले नयाँ सरकार सदनबाट बन्न थप जटिलता थपिएको पर्यवेक्षकहरूको बुझाइ हो ।



प्रतिक्रिया दिनुहोस !