६ आश्विन २०८१, आइतबार

सरकार ढाल्न गण्डकीमा पनि नेपाल समूहको फ्लोर क्रस आवश्यक

प्रकाशित मिति :  28 April, 2021 4:26 pm


काठमाडौ ।गण्डकी प्रदेशसभाका दुई सदस्य सदन भित्र नआउँदा गण्डकी प्रदेशको मौजुदा सरकार जोगिने भएको छ ।

प्रदेश सभाको जारी वैठकमा दुई सांसद अनुपस्थित बनेका हुन् । मतदानका बेलासम्म उनीहरु उपस्थित नभए पृथ्वीसुब्बा गुरुङको सरकार जोगिने भएको देखिएको हो ।

कांग्रेस–माओवादी सहितका दलले पेस गरेको अविश्वास प्रस्तावमा अन्तिम छलफल र मतदानका दिन स्वतन्त्र सांसद दिपक मनाङे र जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित रहेका छन् ।

उनीहरुले फोन पनि स्विच अफ गरेर बसेकाले अविश्वास प्रस्तावका पक्षधरहरु सशंकित बनेका छन् ।

सो प्रस्तावका एक पक्षधरका अनुसार कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चा सांसद पियारी थापा र जसपाका सांसद धनमाया लामाले गाडी लिएर उनीहरूलाई खोज्न हिँडेका थिए । तर, कतै उनीहरूलाई फेला पार्न नसकिएको हो ।

अविश्वास प्रस्तावका पक्षधरले जनमोर्चाको समर्थन पाउने आस गरेका थिए । अविश्वास प्रस्ताव पारित हुन ६० सदस्यीय प्रदेशसभामा ३१ मत चाहिन्छ । कांग्रेसको १५ र माओवादीको ११ सांसदसहित २६ जना छन् । जसपाका २ जना छन् ।

अब जनमोर्चाका दुवैजनाले मत दिए पनि अविश्वास प्रस्ताव पारित हुने सम्भावना छैन। उत जनमोर्चाका कृष्ण थापा पनि अविश्वास प्रस्तावको पक्षमा जाने पार्टीको निर्णयप्रति असन्तुष्ट छन् । माओवादीबाट सभामुख भएका नेत्रनाथ अधिकारीले भने भोट हाल्न पाउँदैनन् ।

एमालेका एकजना माधव नेपाल पक्षधर सांसद इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरे भनेमात्र सरकार संकटमा पर्ने छ ।



प्रतिक्रिया दिनुहोस !