६ आश्विन २०८१, आइतबार

देशभर थपिएका कुल संक्रमित मध्ये झण्डै आधा संक्रमित काठमाडौं उपत्यकामा

प्रकाशित मिति :  28 April, 2021 5:08 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थपिएका कुल संक्रमित मध्ये झण्डै आधा संक्रमित काठमाडौ उपत्यकामा थपिएका छन् ।

बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र दुई हजार ४६ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा एक हजार ४६४, भक्तपुरमा ३५१ र ललितपुरमा २३२ जना छन् ।

पछिल्लो २४ घण्टामा आज देशभर थप ४ हजार ८ सय ९७ थपिएका छन् । जसमध्ये ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !