६ आश्विन २०८१, आइतबार

विप्लव नेतृत्व नेकपाको नयाँ कार्यनीति : प्रगतिशील संयुक्त सरकार र जनमतसंग्रह

प्रकाशित मिति :  28 April, 2021 7:26 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नयाँ कार्यनीतिको रुपमा प्रगतिशील संयुक्त सरकार र जनमतसंग्रहलाई अगाडि सारेको छ ।

पार्टी खुल्ला भएपछि कपिलवस्तुमा बसेको पहिलो केन्द्रीय समिति बैठकले औपचारिक रुपमै प्रगतिशील संयुक्त सरकार र जनमतसंग्रहलाई कार्यनीतिक नारा बनाउने. निर्णय गरेको हो ।

नेकपाले वर्तमान संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतबाट टुंगाउनुपर्ने निर्णय गर्दै अहिलेको सन्दर्भमा जनमसंग्रहद्वारा विद्यमान समस्याको समाधान दिने दाबी गरेको छ ।

बैठकमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा अग्रगामी राजनीतिक निकासका लागि सबैपक्षसँग संवादन गर्ने भनिएको छ ।

बैठकले देशको बिग्रदो अवस्थाबाट निकास दिनका लागि सचेत पहल गर्ने र त्यसका लागि नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल र संवाद अगाडि बढाउने निर्णय पनि गरेको छ ।

बैठकले रणनीतिक संयुक्त मोर्चालाई नयाँ उचाइका साथ बढाउने,विभिन्न कार्यक्रमहरू मोर्चामार्फत अगाडी बढाउने र क्रान्तिकारी ध्रुवीकरण प्रकृयालाई जोड दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

केन्द्रीय समितिको बैठक वैशाख ९ देखि १४ गतेसम्म चलेको थियो । नेकपाले ४ महिने अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानका लागि क्रान्तिकारी एकता र ध्रुवीकरणमा जोड दिऔं, सुमधुर जनसम्बन्धसहित सुद्दृढ पार्टी निर्माण गरौं भन्ने नारा तय गरिएको  छ ।



प्रतिक्रिया दिनुहोस !