६ आश्विन २०८१, आइतबार

रुपन्देहीमा कोरोना संक्रमित तीनजनाको मृत्यु

प्रकाशित मिति :  29 April, 2021 12:27 pm


रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमित तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिकाका दुई जना पुरुष र मायादेवी गाउँपालिकाकी एक जना महिलाको मृत्यु भएको हो ।

लुम्बिनी प्रदेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिका छन् ।

बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८४ पुगेको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आइसियूमा १२ जना संक्रमितको उपचाररत रहेका डा.गौतमले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !