काभ्रेका स्थानीय तहले दिने सेवाका लागि समय तोकियो
प्रकाशित मिति : 29 April, 2021 12:41 pm
काठमाडौं । काभ्रेका स्थानीय पालिकाले पालैपालो सेवा प्रवाह सुरु गरेका छन् ।
कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहको समयतालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार धुलिखेल नगरपालिका,पाँचखाल नगरपालिका र पनौती नगरपालिकाले आइतबार,मंगलबार र बिहीबार सेवा प्रवाह गर्नेछन् । त्यस्तै बनेपा नगरपालिका,मण्डनदेउपुर नगरपालिका र नमोबुद्ध नगरपालिकाले सोमबार,बुधबार र शुक्रबार सेवा प्रवाह गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यि पालका बाहेक अन्य गाउँपालिकाहरूको हकमा भने हरेक दिन सेवा उपलब्ध हुने काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।