१४ मंसिर २०८१, शुक्रबार

बबई गाउँपालिकाले ३० बेडको अस्पताल सञ्चालन गर्ने,बेलझुण्डी अस्पताललाई रु.१ लाख सहयोग

प्रकाशित मिति :  29 April, 2021 1:08 pm


दाङ । दाङको बबई गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि हापुरेमा ३० बेडको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि कार्यपालिका बैठकले अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ । बैठकले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि २० लाखको कोष निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले अत्यावश्यक सेवा र विकास निर्माणका कामबाहेक अन्य सेवा रोकिसकेको छ भने बबई गाउँपालिकाभित्रका व्यापार व्यवसाय बिहान ८ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको छ ।

गाउँपालिकाले संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ र पिसिआर गर्ने कार्यलाई प्राथमिकता दिँदै होम आइसोलेसन र क्वारेन्टाइनमा वस्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !