६ आश्विन २०८१, आइतबार

रोल्पाको सुलिचौर र रुइनिवाङसहितका बजार क्षेत्रमा निषेधाज्ञा लगाउन सिफारिस

प्रकाशित मिति :  29 April, 2021 4:57 pm


रोल्पा । कोरोना संक्रमणको जोखिम देखिएको भन्दै पूर्वी रोल्पाको मुख्य बजार क्षेत्रमा निषेधाज्ञा लागु गर्न वा सिल गर्न सिफारिस गरिएको    छ ।

पूर्वी रोल्पाको नाका पर्ने सुनिलस्मृति गाउँपालिकाको खुंग्रीका साथै सुलिचौर र रुइनिवाङ बजार क्षेत्रमा निधेषाज्ञा लागु गर्न गाउँपालिकाको कार्यालय र स्थानीय प्रशासनलाई सिफारिस गरिएको हो ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले कोरोनाको जोखिम देखिएको भन्दै कम्तिमा वैशाख ३१ गतेसम्म निधेषाज्ञा लागु गर्न वा सिल गर्न गाउँपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको जानकारी दिए ।

सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर २,३ र ४ मा बजार क्षेत्र पर्छन् । बजारभित्र भिडभाडजन्य कार्यक्रम नगर्न पनि आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !